05 January 2011

बोतल साथी भयो

भुल्न चोट बोतल तिर, बढ्यो हात आज साथी ।

पिउँदा पिउँदै पत्तै नपाई, चढ्यो मात आज साथी ।।

मन भित्र रुन्थें कति, बहिर हल्ली हिंडे पनि ।

आफ्नै ठाने निर्मोहीलाई, गर्‍यो घात आज साथी ।।

आँफै भन्दा बढी भर, परेको थें उनी माथि ।

विश्वासको बाँकी एउटै, झर्यो पात आज साथी ।।

सम्झिएर खुशीका पल, उनी सँग बिताएका ।

आसुँ सँग निद्रा बिना, कट्यो रात आज साथी ।।

फुटेको छ कर्म मेरो, ठोकर जता गये पनि ।

बिधाताले यो भाग्यमा, हान्यो लात आज साथी ।।

पिउँदा पिउँदै पत्तै नपाई, चढ्यो मात आज साथी ।।

भुल्न चोट बोतल तिर, बढ्यो हात आज साथी ।।

मद राज शाही ''बिबश अकेला''

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................