03 April 2011

मेरो माया र प्रकृति

रमणीय लाग्छ सारै नै कोरियाको प्रकृति मलाई

यहि ठाउले दियो चोट निको पनि पार्यो मलाइ

बसन्तमा प्रकृतिको नया पालुवा पलाउदा

मेरो मायाको मुना पलाए झैँ लाग्यो मलाई,

ढक-मक्क फुल्दा अनेकौ जातका फूलहरु

मेरो मायामा सुगन्ध छरे झैँ लागो मलाई,

शिसीरमा झरी जादा,सुकी यी प्यारा पातहरु

छाडी गयो मायाले,दी निको नहुने घाऊ मलाई,

हिउदको हिउले पुरिदा,बिचरा कंकाल रुखहरुलाइ

ढुंगाको मुर्ति बन्यो,माया मेरो दि उपहार आसु मलाई,

थप्न पाए एउटा ऋतु मायाको,दिन्थे उपहार उस्लाई

भनि कहिले खप्न नपरोस,चोट पिडा उस्ले दिए झैँ मलाइ.



.

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................