17 April 2011

पस्केको छु एक गजल

पस्केको छु एक गजल, भागमा हजूरको,
कमि छ कि नूनमसला, सागमा हजूरको !

ठानेको छु एक स्वाद, मीठासमा गजलको
न होला कि रंग सेतो, कागमा हजूरको !

रोपेको छु एक फूल, सृजनाको फाँटमा
सुन्दर - मनोहर यो, बागमा हजूरको !

राखेको छु एक फिराद, समीप यहाँको
मुराद के लुकाउनु, मागमा हजूरको !

देखिन्छ फूल सुन्दर, कागजको पनि
लुकेको छ दोष कहीँ, दागमा हजूरको !

गरेको छ गल्ती कति, देखाउँ कसरी ?
छुपेको छ रोष कहीँ, रागमा हजूरको !

 केशव मिलन गिरी कालिकोट 

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................