30 September 2012

कालिकोटले पायो ४० बर्षपछि डाक्टर

 
           मनमा ईच्छा हुने हो भने अभाव र विकटताले नछेक्ने रहेछ । कालिकोटको मुगरा (कालिका) ३ का ललितजंग शाही त्यस्तै एक उदाहरण हुन् । लामो प्रतिक्षा र संघर्षपछि उनले आफ्नो लक्ष्य भेटाएका छन् अर्थात उनी कालिकोट जिल्लाको दोस्रो डाक्टर बनेका छन् ।
एमविविएसको पढाई सकेर उनले डाक्टरको पदवी पाएसँगै कर्णाली अञ्चलको दुर्गम जिल्ला कालीकोटले ४० बर्षपछि दोस्रो डाक्टर पाएको छ । नेपालबाट एमविएविएस डाक्टर बन्ने कालिकोटका उनी पहिलो बनेका छन् । यसअघि झण्डै ४० बर्षअघि धनबहादुर शाहीले छात्रबृद्धिमा कालिकोट जिल्लाबाट प्रतिनिधित्व गर्दै रसियाबाट पहिलो डाक्टरको उपाधि पाएका थिए । निम्न आर्थिक अवस्था भएको परिवारमा जन्मिएका ललितजंगले २०५७ सालमा सरकारी स्कूलबाट पनि पहिलो श्रेणीमा एसएलसी पास गरेका थिए ।
एसएससी पास गर्ने वित्तिकै काठमाडौंको अमृत साइन्स क्याम्पसमा भर्ना भएका शाहीले पढ्दा–पढ्दै डाक्टर बन्ने लक्ष्य लिए । तर निम्न आर्थिक अवस्था भएका कारण सोचेजस्तो डाक्टर बन्न सजिलो भने थिएन । डाक्टर बन्न तत्काल आर्थिक अवस्थाले बाटो छकेपछि उनले हेल्थ असिस्टेन्ट नै भएपनि बन्ने निधो गरे । अमृत साइन्स क्याम्पसबाट आइएसी पास गरेपछि उच्चशिक्षा परिषद्को छात्रवृद्धिमा काठमाडौंको एउटा निजी कलेजमा हेल्थ असिस्टेन्टमा भर्ना भएका उनले राम्रै अंकका साथ पास पनि गरे ।
त्यसपछि लगत्तै एउटा अन्तर्राष्ट्रिय गैससको परियोजना मार्फत जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोटमा काम गर्ने अवसर पाए । गाउँका हिसावले एक किसिमको डाक्टर बनेपनि मनबाट कहिल्यै डाक्टर बन्ने ईच्छा भने हटेको थिएन । जिल्ला अस्पतालमा काम गर्दा हुने उपचारको कठिनाई, उपचार नपाएर ज्यान गुमाउनेहरुको अवस्थाले डाक्टर बन्ने ईच्छामा थप बल पु¥यायो शाही ओएनएससँग अनुभग सुनाउदै भने मनमा जुनकुनै हालतमा भएपनि डाक्टर बन्ने अठोट लिएँ । जागिरबाट केही पैसा जम्मा गर्ने र नेपालमै रहेका मेडिकल कलेजबाट एमविविएस पढ्ने योजना बनाइरहेका बेला उनको लक्ष्यमा साथी बनेर आए वेलायतका डाक्टर केटयारो । पहिला कालिकोटमै काम गरेर बेलायत फर्किएका केटयारोलाई उनले कामकै शीलसिलामा सहयोग भए डाक्टर पढ्न चाहेको प्रस्ताव राखे ।
उनको प्रस्ताव तत्कालै केटयारोले स्वीकार गरेपछि त उनको भाग्य नै चम्कियो । केटयारोको सहयोगमा बेलायतबाट पठाएको पैसाको उनले नेपालगञ्ज मेडिकल कलेजबाट गएको शुक्रबार मात्रै एमविविएसको पढाई पुरा गरेका छन् । नेपालमा काम गरेर फर्किएका डाक्टर केटयारोको पहलमा अहिले वेलायतमा रहेका केही मनकारीहरुको सहयोगमा ललितपुरको पाटन अस्पतालमा डाक्टर फर नेपाल परियोजना चलिरहेको छ ।
अहिले म त्यही परियोजनामा काम पनि गरिरहेको छु शाहीले बताए । उक्त परियोजनाको नेपाल प्रतिनिधीका रुपमा रहेका शाही अहिले आफै निम्न आय भएका आफूजस्तै दुर्गमका विद्यार्थीहरुलाई चिकित्सा विषय पढ्नको लागि सघाइरहेका छन् । एमबिबिएस सकेपछि डा. शाहीले भने अब गाउँ फर्कछु र डाक्टरको अभावमा ज्यान गुमाउने कालीकोटबासीको बाध्यात्मक अवस्थाको अन्त्य गर्न कटिबद्ध भएर लाग्ने छु ।

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................