केही भनाइहरु

केही रोचक भनाइहरु
सक्छौ जागिर नखाऊ, सक्दैनौ जागिर खाऊ । झन्डामुनि बस, तर दरबार कहिल्यै नपस ।
काजी जसपाउ थापा

जब मानिस जागिरमा जान्छन् तब तिनले आफ्नो मुटुसमेत घरमा छाड्न पाउँदैनन् ।
बेट्टी बेन्डर

कामको वेला समय यदि सुख हो भने ‘खाने समय’ त्यसको दोब्बर हो ।
डोग्लास एडम्स

दक्ष व्यक्ति त्यो हो, जसले सबै गल्ती गर्छ र कार्यक्षेत्रलाई साँघुरो बनाइदिन्छ ।
नाइल्स बोर

विश्वासमा जब डर हावी हुन्छ तब व्यक्तिको सपना धूलिसात् हुन्छ ।
- मेरी मेनिन मोरिसे

डरलाई आफैसित राख्नुहोस्, तर हौसलालाई सबैसित बाँड्नुहोस् ।
- रोबर्ट लुइस

एकपटक मानिसले यसको स्वाद चाखेपछि मानिसलाई डर हि्वस्कीभन्दा पनि कडा
लाग्न थाल्छ ।
- डोनाल्डसुन शुद्ध नभएजस्तै मानिस पनि कहिल्यै पूर्ण हुँदैनन् ।
- जिनेक पिटर

गहना महिलाको मित्र हो भने पुरुषको शत्रु हो ।
- नुबी सादर

म गलामा हार लगाउनुभन्दा टेबलमा गुलाबको फूल सजाउन चाहन्छु ।
- इना गोल्डम्यान

सुनचाँदीभन्दा स्वास्थ्य अमूल्य गहना हो ।
- माहात्मा गान्धी

डोज गृह कार्यभन्दा अन्य केही सोच्नका लागि घर लैजान दिने शिक्षक मलाई मन पर्छ ।
- लिली टोमलिन

पढाउने चुनौती दिने मानिसले कहिल्यै पनि पढ्न छोड्नु हुँदैन ।
- जोन कटन डाना

छोरा पढाउँदा तपाईंले नातिनातिना पनि सँगै पढाइरहेको हुनुहुन्छ ।
- द तालमड

पढाउने कला भनेको आविष्कार गर्न सहयोग गर्न कला हो ।
- मार्क भ्यान डोरेन
संगीतमय दृष्टिले गहीरो गरी प्रकृतिको हृदयलाई हेर, तिमी र्सवत्र संगीतै संगीत पाउनेछौं, केवल तिमीमा यसलाई सुन्ने शक्ति हुनुपर्दछ । - कार्काइल


सत्यबोल तर अप्रिय सत्य नबोल र अप्रिय झुठो पनि नबोल । - हितोपदेश

विवेकरहित मानिस अनेक प्रकारले नाश हुन्छन् । - भतृहरि

कठिन मेहनत र तपस्या बिना कोही व्यक्ति पनि महान् हुँदैनन् । - शेक्सपियर

आफूभित्रको शान्तिले संसारलाई नै शान्त पार्दछ । - मनुस्मृति

प्रत्येक व्यक्ति प्रेममा अन्धो हुन्छ । - प्रायर्टियर्स

मान्छे आफै पनि मरणशील छ, राष्ट्रहरु उँभो वा उँधो लाग्न सक्छन् तर विचार बाँचिरहन्छ । विचारहरुमा मृत्युविहीन धेर्य
शक्ति हुन्छ । - जोन अफ केनेडी

वर्तमान समान ठूलो समय अर्को छैन । - भगतसिंह

कठिन मेहनत र तपस्या बिना कोही व्यक्ति पनि महान् हुँदैनन् । - शेक्सपियर

समय र शब्द फिर्ता ल्याउन सकिन्न । - दायस फुलर


कातर शिक्षकले आफ्नो शिष्यलाई पनि वीरता सिकाउन सक्दैन । - महात्मा


तैले अमृतको स्वादसँग विषको स्वाद साटिस् । - बालकृष्ण


मानिस दबेर बस्न चाहने प्राणी होइन । - गोल्डस्मि


खराब काम अपशब्द भन्दा दुइ गुणा खराब हुन्छ । - शेक्सपियर


जुनसुकै ठाउँ, जहाँ साधुहरुको निवास हुन्छ, आनन्दमय हुन्छ, चाहे त्यो अनकन्टार गाउँ वा जंगल होस्, पानीको गहरो पींध वा सुख्खा जमीनको सतह नै किन नहोस् । - बुद्ध


अवसर भन्ने शव्द केवल चेतनाको शून्यता मात्र हो, कुनै पनि कुराको अस्तित्व कारणबिना सम्भव छैन । - भोल्टेयर


संगीतमा प्रायः यस्तो मोहकता रहन्छ जसले एउटा खराब वस्तुलाई असल रुपमा ढाल्न सक्दछ । वस्तुतः संगीत हाम्रो भावपोषणको वस्तु हो, जसले हाम्रो हृदयलाई प्रेमको दुनियाँतिर खिच्दछ । - शेक्सपियर


विपत्ति कुनै सुचना दिएर आउँदैन । - विष्णुगुप्त


क्रोधित मान्छेले मुख खोल्दा आँखा र विवेक गुमाउँछ ।- क्याटी