के छ त नि हाल चाल हजुरको
मन पर्यो सुहाउने बाल हजुरको
के गर्नु आफु धेरै राम्रो छैन क्यार
खुनै चुहिने रइछ ओठ लाल हजुरको
सुहाउदैन हजुर सँग हिडडुल गर्न पनि
चिरिचट्ट रइछ जिउडाल हजुरको
रुपको धनी नभएनी मनमा पाप छैन मेरो
गीत नपाई बन्दैन म ताल हजुरको
धेरै बाच्नु मेरो पनि आयु लागोस भन्छु
चाडो मेरो ढिलो आओस काल हजुरको
.
No comments:
Post a Comment
तपाईहरु का सुझाब सलाह छ ...................