28 September 2011

दशैँ न आएकै बेस हजुर.....

म गरिबको झुपडीमा दशैँ, तिहार नआएकै बेस हजुर!

गरिबीको कलंक पुछ्न नसक्दा,मुटुमा लाग्छ ठेस हजुर !!

साहुको साँवा तिर्छु भन्दै ब्याज लाग्यो,ब्याज भन्दै स्याज,
दुखै दु:ख को भारी बोक्दा-बोक्दै खुइलियो तालुको केस हजुर!!

टाल्दै छु,लाउदै छु,फेरिएन कहिले एक सरो दौरा सुरवाल,
बर्सौ बित्यो,हेर्दै छु ऐनमा फेरिएछ आफ्नै रुप र भेस हजुर!!

सामन्तीको अनौठो सासन सहदै बाच्नु पर्ने कस्तो यो जुनी?
निमुखाको बोलि छ,अधिकार छैन यो कस्तो परिवेस हजुर !!

सहन्सिल्ताको बाध टुट्यो,अनेकौ सपना गुन्टा कसी पोको पार्दै,
बिरानो मुलुकमा पाइला टेके,छाडी प्राण भन्दा प्यारो देश हजुर!!

अभागी को कहाँ पो हुदो रैछ र पसिना को मूल्य र मान्यता?
आशै-आशमा,बित्यो बर्सौ तर हातमा लाग्यो सुन्यको शेष हजुर!!
त्यसैले,....................
म गरिबको झुपडीमा दशैँ, तिहार नआएकै बेस हजुर!
गरिबीको कलंक पुछ्न नसक्दा,मुटुमा लाग्छ ठेस हजुर !!
                                                                          
                                                                          "कल्पना राई"







.

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................