23 August 2010

कबिता

दुई हात ले आँखा छोपि बिस्वास गरे तिमी माथि
घात गर्यौ आखिर तिमीले दु:ख पाएँ कति कति

नयन का रस देखाई कठोर मन लाई बश मा पार्यौ

मिठो मिठो बोली सुनाई आखिर मलाई प्रभाब पार्यौ

तरल जस्तो तिम्रो मन आज फेरी कता बग्यो

भल बाडि नै आएछ कि माया प्रिती बगाई लाग्यो

दुई हात ले ।।।।।।

घात गर्यौ ।।।।।

बसन्त को हरियाली झै हाम्रो प्रिती झुल्दै थियो

बार्हमासे फुल झै गरि हाम्रो माया फुल्दै थियो

बतास जस्तो तिम्रो ईच्छा आज कता चल्न थाल्यो

आँधी बेहेरी आएछ कि तिमिलाई नै उडाई लाग्यो

दुई हात ले ।।।।।
घात गर्यौ ।।।।

शरद को आकाश जस्तै हाम्रो बिचार खुला थियो

कस्तो राम्रो जोडी भन्थे चारै तिर हल्ला थियो

बादल जस्तो तिम्रो चाहा अनायसै आकाश छायो

गड्याङ गुडुङ गर्न लाग्यो सम्बन्ध मा चट्याङ आयो

दुई हात ले ।।।।

घात गर्यौ ।।।।

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................