तपाईंको पाना


जादैछु यहाबाट हेर्नलाई, नेपाल आमाको मुख
महंगी, हत्या र हिंसाले, सुन्दैछु छैन रे त्यहाँ सुख
नेता नेताको अहमताले, नाघीसकेको छ रे सिमा
पार्टी पार्टीको स्वार्थले, भत्किसकेको छ रे संरचना |
एयरपोर्टबाट बाहिर निस्के पछी, देख्न थाल्ने छु दुर्दशा
ट्याक्सी चालक र कुल्लीको तानातानले, हुनेछु म ब्याकुल
श्रीमती र छोराले सबै देख्लन, त्यो नरमाईलो भिड
आफ्नै गाडी छ भने पनि तान्नेछन् ब्याग, भन्दै हाम्रै गाडीमा हिड |
सडकभरी देखिनेछन जतासुकै, खाल्टा खुल्टी र जाम
धुलोमैलो र प्रदुषण चारैतिर , होला धुम्बिएझैँ घाम
तछाडमछाड गर्दै सडक पेटी, राखेका होलान सबै तिर पसल
बटुवा हिड्ने ठाउँ हुन्न यिनीहरुलाई भो, नगदे बाली झैँ फसल |
ठाउँ ठाउमा नारा जुलुस कतै कतै भोग्नु पर्ने होला बन्द
जहा तही असुरक्षा त्रासमै बस्नु पर्ने होला, सुघ्दै गोला बारुदको गन्ध
मजदुर किसान, गरीबहरु महंगीले पिल्सिएर, सुस्ताएको देख्नु पर्ला
रिसोर्टमा बार्ताको नाममा भोज भतेर खाएर नेता , आज हैन भोलीलाई सर्ला |
जस्तो सुकै दुख कस्ट भए पनि, जादैछु म आफ्नै जन्मभुमी
घर गोठ सबै प्वाल परीसकेछन, बिदेशको मोहमा घुमी घुमी
आमा बुबाको आशिष लिन्छु, नजानु परोस अब धरै पर
एक छाक खाई जीऊछु, सम्हाल्छु आफ्नै नेपाल आमाको घर ||
"केशव शाही "
अफगानस्तान

जब मायाले बोलाउछ
 मायाले बोलाउछ मनको पिडा भुलिएर ओठमा हाँसो आउछ जब मायाले छोडि दिन्छ मनको खुसि मेटिएर ...जिबन उदासले छाउछ जब मायाको याद आउछ छाति भित्र आगो सलकि मुटु जलिरहन्छ टाँढा टाँढ नजर भए पनि पिर ब्याथाले सताइ रहन्छ बिर्सिएर बसौ भने पनि निषठुरिको धेरै माया लाग्छ..................

                                                                         ;-  गोकर्न बस्नेत काठमाडौं

फुल बनि फुले तर बास्ना छर्न सकिन



फुल बनि फुले तर बास्ना छर्न सकिन
तारा भै चम्के तर सुर्य सामु टिक्न सकिन/

धर्ति भै जन्मे तर प्रकृति हरियो बनाउन सकिन/

खोला भै बगे तर मन्दिर को जल बन्न सकिन/

यो स्वार्थी संसारमा म बाच्न सकिन/

...सानो दियो को प्रकाशले अँधेरी रात उजेल्यौना सकिन/

अफ्ठेरो भिरमा फुले को फुल मैले टिप्न सकिन/

मारिरहेको थाहा हुदाहुदै पनि अमृत को प्याला पिउन सकिन/

यो स्वार्थी संसारमा म किन बाच्न सकिन/

फेस बुक त खोले साथी,समयको व्यस्तताले स्वागत गर्न सकिन/

साथी त बनाए तर ,कसैको मन जित्न सकिन/

माइती को चेली बने तर तिहार मा माला गास्न सकिन/

यो स्वार्थी संसारमा किन बाच्न सकिन/

हजारौ चोटले टुक्रिएको मुटु निको पार्न सकिन/

आखा बात बगेको आशुलाई रोक्न नि सकिन/

मोति झैँ छरिएको आशालाई संगाल्न सकिन/

यो स्वार्थी सन्सारमा म बाच्न सकिन/

म बाच्न सकिन/ म बाच्न सकिन//.....

आखिर किन ?.........................म बाच्न सकिन?.

                 ;-  कल्पना राइ कोरिया