05 January 2011

ब्यर्थै भयो ll ब्यर्थै भयो ll ब्यर्थै भयो

मनको गाठो तिमीलाई फुकाउनु ब्यर्थै भयो

दोबाटोमा भेट्दा नजर झुकाउनु ब्यर्थै भयो

सब्थोक त्यागे तिम्रो लागि अपनाए तिमीलाई

रित्याएर माया मुटु सुकाउनु ब्यर्थै भयो

मुटु भित्र बास दिए छुरा रोप्यौ तिमीले त

तिम्रो निम्ती मैले मुटु दुखाउनु ब्यर्थै भयो

पगल बनी डुबे सधै दिन रात तिमी तिरै

मायाको मोल तिमीतिरै चुकाउनु ब्यर्थै भयो

सबै दोश थुपारेर गयौ आज टाढा तिमी

मुटु भित्र थुनि तिमीलाई लुकाउनु ब्यर्थै भयो

.

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................