24 December 2010

"नयाँ वर्ष"


स्वागत छ,नयाँ वर्ष आऊ तिमि

बिस्वामा उमंगको बास बासाउ तिमि

फेरी पनि लाखौ बुद्ध जन्माउ तिमि

विश्वको कुना-कुनामा शान्ति छरीदेउ तिमि

अनि शान्तिको अमर दिप बालिदेउ तिमि

स्वागत छ,नयाँ वर्ष आऊ तिमि

तिम्रो आगमनमा खुसि छन् सारा संसार

तिमि आए आशा छ,फेरिने विश्वको मुहार

सहन गाह्रो भयो द्वन्द र अशान्तिको मार

तिमीले नै सक्छौ लाउन,भुमरीको डुंगालाई पार

स्वागत छ,नयाँ वर्ष आऊ तिमि

बाबु,आमाको काख रितिन बात जोगाउ तिमि

धेरै सिउदो पुछिए,अब चाहि नपुछिदेउ तिमि

अबोध बालबालिकालाइ टुहुरो हुन् नदेउ तिमि

प्रत्येक घर-परिवारलाई मायाको डोरीले बाधीदेउ तिमि

स्वागत छ,नयाँ वर्ष आऊ तिमि

जाँहा खडेरी छ,त्यहा हरियाली ल्याईदेउ तिमि

जाँहा अनिकाल छ,त्यहाँ सहकाल पारिदेउ तिमि

जाँहा भेदभाव छ,त्यहाँ समानता निम्त्याई देउ तिमि

यस्ता सबै दैविक प्रकोप रोकिदेउ तिमि

स्वागत छ,नयाँ वर्ष आऊ तिमि

हरेक व्यक्तिको असल इच्छा-आकंछा पुर्याईदेउ तिमि

मेहनती हातहरुमा सफलताको फुल फुलाई देउ तिमि

जाति र धर्म होइन सबैमा मानवता जगाई देउ तिमि

यो संसारलाई एउटा सुन्दर बगैचा बनाइदेउ तिमि

स्वागत छ तिमीलाई,हे!! नयाँ वर्ष आऊ तिमि....

कल्पना राइ (कोरिया)

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................