साहित्यिक सहयात्रा

 
गयौ तिमी



मलाई देउरालीमा कुराएर गयौ तिमी !


आज लगनअर्कै जुराएर गयौ तिमी !


मेरो अगानीको जगीया रित्तो बनायौ


सिउदो अन्तै बुझाएर गयौ तिमी !


धोको रहिछ तिम्रो एउटै मलाई रुवाउने


प्याला थापी मेरो आँशु सुकाएर गयौ तिमी !


नाफोरिने थियो माया दुई मुटुको हाम्रो


धोके बेइमानी साथ छुटाएर गयौ तिमी !


किन बाचा गर्यौ झुट्टो रहिछौ आखीर


तोडी कसम उल्टै झुक्याएर गयौ तिमी !


गजल


बैरी सँग मिली कन मलाई नै घेर्यौ तिमी


रगत को भेल बग्दा हाँसि हाँसि हेर्यौ तिमी


दु:ख सुख जे भए नि आफ्नै भाग्य सम्झेको थेँ


कता बाट आयौ कुन्नी सारा खुशी हर्यौ तिमी


सधैं भरि तिमी लाई माया गर्छु भन्यौ


थाहै छैन मेरो मन खै कसरी चोर्यौ तिमी


आमुल्य छ माया हेर गुम्ला फेरी होस गर


सस्तो मस्तो बस्त्र जस्तै प्रेमी पनि फेर्यौ तिमी


तिमी भन्थ्यौ सधैं नै नछुटोस है यो अंगालो


तर आज अरु लाई अंगालो मा बेर्यौ तिमी
                                              सर्जन बम

सायरी

तिम्रो जस्तो छैन काम जे भएनी गरेकै छु
तिम्रो जस्तो छैन तलब जसो तसो खुशी नै छु,
तिम्रो जस्तो मिठो छैन सुख- दु:ख खाएकै छु,
तिम्रो जस्तो बिलाशी होइन जेहन त्यहाँन बचेँकै छु,
मुटु भरी पिडा भएनी मुशु- मुशु हाँसेकैछु................

हामी विचको सम्बन्ध
हामी विचको सम्बन्ध चिसिए झै लाग्छ,मिलनमा विछोड यहाँ मिसिए झै लाग्छ
रोज्नु परे संसारमा तिमी रोज्छु भन्थ्यौ आज तिनै कुराहरु जिस्किए झै लाग्छ
मन्दिर माँ भाकल गरि खाएका ती कसम तिमीले ती वाचा कसम बिर्सिए झै लाग्छ
मन मन्दिरमा अर्कैलाई सजाएर हो की सर्जन सँग आजकल रिसिए झै लाग्छ................

समयको रफ्तार्सँग चल्दाचल्दै

समयको रफ्तार्सँग चल्दाचल्दै ,गाउँबेसिको याद आयो आज कयौं सङ्कल्पसाथ पर्देशिएको मन, आफ्नै गाउँघर धायो आज बिछोडको पिडाले मनभरी बह पोखिदिदा,निश्चल पवित्र माया तिम्रो,मनभरी समस्त छायो आज सान्तोनाका डोरिले बाधी म अघिका तिम्रा पाउ,जलाएर मनको अठोट ,चालेका पदचाप मायाले मिटायो आज................................l


प्रियसीको नजरमा
प्रियसीको नजरमा कति कति डुले हजुर

परेलीका ओठ भरी कयौ चोटि फुले हजुर
तिम्लॆ बाटो भुले देखि यो मन कति फाटे
सम्झनाकै धागो बनाइ कयौ चोटि तुने हजुर
तिम्रो यादले पिरोलीदा आँशु कति झरे
मधुरसमा आफुलाई नै कयौ चोटि घूले हजुर
बतासले मगमगाउदो फूलको बास्ना छर्दा
तिम्रो यादमा कल्पिबस्दा आफुलाई भुले हजुर



तिम्रो मेरो बाचा कसम

तिम्रो मेरो बाचा कसम मुटु घोच्ने सुल भयो

तिम्लाई आउन भन्नु मेरो ठुलो भुल भयो
कुन दिनमा भयौ आफै मुटु छुने मान्छे तिमी
तिम्रो माया जिन्दगीभर मैले ओढ्ने झुल भयो
तिम्लाई सम्झि नरोएको कुनैपनि रात छैन
तिम्रो तस्बीर मेरा लागि आँशु फुट्ने मुल भयो
काँडै काँडा बिचको फूल सुगन्धनै छैन जस्तो
हामी बिचको माया प्रेम ओईलिएको फूल भयो
आउन मन त थियो होला बिरहीलाई भेट्न भन्दै
दुई आत्मलाई टाढै राख्ने बिचमा लामो पुल भयो .........................


गजल । गजल ।। गजल ।।

तिम्रो दिलमा बास गर्न पाए हुन्थ्यो भगवान ।
मिल्ने भा त मेरो दिलमा छाए हुन्थ्यो भगवान
पर्खाइमा बस्थे बरु तिमी आउने मूल बाटोमा,
अर्जुनखोला छेउ छाउ आए हुन्थ्यो भगवान ।।२
तिमी तिरै तानिदैछ कुन्नी किन मन अचेल,
संगै जिउने बाचा कसम खाए हुन्थ्यो भगवान ।।
ढुकढुकिले तिमलाई खोज्छ तर दुरी टाढा भयो,
पानी भर्ने निउ पारी कुवा धाए हुन्थ्यो भगवान ।
छकी छैन तिम्रो पछि साथ दिन्छु भन्ने मान्छे,
अजम्बरी चोखो माया लाए हुन्थ्यो भगवान ।।३


कबिता  

दुई हात ले आँखा छोपि बिस्वास गरे तिमी माथि

घात गर्यौ आखिर तिमीले दु:ख पाएँ कति कति
नयन का रस देखाई कठोर मन लाई बश मा पार्यौ
मिठो मिठो बोली सुनाई आखिर मलाई प्रभाब पार्यौ
तरल जस्तो तिम्रो मन आज फेरी कता बग्यो
भल बाडि नै आएछ कि माया प्रिती बगाई लाग्यो
दुई हात ले ।।।।।।
घात गर्यौ ।।।।।
बसन्त को हरियाली झै हाम्रो प्रिती झुल्दै थियो
बार्हमासे फुल झै गरि हाम्रो माया फुल्दै थियो
बतास जस्तो तिम्रो ईच्छा आज कता चल्न थाल्यो
आँधी बेहेरी आएछ कि तिमिलाई नै उडाई लाग्यो
दुई हात ले ।।।।।
घात गर्यौ ।।।।
शरद को आकाश जस्तै हाम्रो बिचार खुला थियो
कस्तो राम्रो जोडी भन्थे चारै तिर हल्ला थियो
बादल जस्तो तिम्रो चाहा अनायसै आकाश छायो
गड्याङ गुडुङ गर्न लाग्यो सम्बन्ध मा चट्याङ आयो
दुई हात ले ।।।।
घात गर्यौ ।।।।