18 August 2010

तिम्रो मेरो बाचा कसम

तिम्रो मेरो बाचा कसम मुटु घोच्ने सुल भयो
तिम्लाई आउन भन्नु मेरो ठुलो भुल भयो
कुन दिनमा भयौ आफै मुटु छुने मान्छे तिमी
तिम्रो माया जिन्दगीभर मैले ओढ्ने झुल भयो
तिम्लाई सम्झि नरोएको कुनैपनि रात छैन
तिम्रो तस्बीर मेरा लागि आँशु फुट्ने मुल भयो
काँडै काँडा बिचको फूल सुगन्धनै छैन जस्तो
हामी बिचको माया प्रेम ओईलिएको फूल भयो
आउन मन त थियो होला बिरहीलाई भेट्न भन्दै
दुई आत्मलाई टाढै राख्ने बिचमा लामो पुल भयो

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................