12 January 2011

काली कारण चाहियो मलाई

जोडी किन गयौ मनको माया आधा
छोडी किन गयौ मनको माया आधा
हिजो जो छ भन्थ्यौ मनको सिहांसनमा
तोडी किन गयौ मनको माया आधा
फुलाउनु नै थे न भने मनको पालुवालाई
गोडी किन गयौ मनको माया आधा
साच्चै त्यो मन यो मन सँग साट्नु थे न भने
मोडी किन गयौ मनको माया आधा
तिम्रो कोमल मनलाई दुखाउदिन भन्थ्यौ
फोडी किन गयौ मनको माया आधा
मद राज शाही ''बिबश अकेला''

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................