17 January 2011

के गरिन तिम्रो लागि

गला रेटी साश माग्यौ त्यो पनि त दिए
जिउदै मेरो लाश माग्यौ त्यो पनि दिए
आँखा भरी आसुँ झारी परेली भिजाएर
कलेजिमा बाश माग्यौ त्यो पनि त दिए
जिउदै मेरो लाश माग्यौ त्यो पनि दिए

भन के के भन्नुछ अरु बाँकी नराखी
धर्ती मै थे आकाश माग्यौ त्यो पनि त दिए
जिउदै मेरो लाश माग्यौ त्यो पनि दिए
आफ्नै ज्यान बाजी थापी के के गरिन तिम्रो लागि
नाफा लगि बिनाश माग्यौ त्यो पनि त दिए
जिउदै मेरो लाश माग्यौ त्यो पनि दिए

फूलपाती टिका लगी मन्दिरमा चढाइ
मेरा लागि बनबास माग्यौ त्यो पनि त दिए
जिउदै मेरो लाश माग्यौ त्यो पनि दिए
   
    मद राज शाही ''बिबश अकेला''

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................