10 February 2011

किन आज

किन-किन आज फुट्दैछ,शब्दका ज्वारभाटाहरु,

कसैको सम्झनाले मुस्काए ओठ,कसैको ले रसाए आखाहरू,

बन्दगरि यी नयनहरु,धेरै-धेरै गर्न मन लग्यो मायाहरू,

टिपी छर्न मनलाग्यो,आफ्नो वरपर आकाशको जुन र ताराहरु,

किन आज बढ्दै गयो,बिगतका सम्झनाका लहरहरु,

जति सम्झ्यो उति बढिरहेछ,यो मुटुको धड्कन हरु,

सम्हाल्नै गार्हो हुदैछ,आफैले आफै लाई म के गरु?

त्यसैले मायाका मिठा आभास कोरेर ...
  
                कल्पना राइ (कोरिया)


.

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................