15 October 2010

"प्रदेशमा हाम्रा दशैहरु"


"प्रदेशमा हाम्रा दशैहरु"
शब्दहरु ,
अक्षरहरु ,अतिराजित भएका छन्
अर्थहरु ,पराजित भएका छन
शब्दकोश पल्टाएर
दशैं शब्दको अर्थ नखोजौ......
प्रदेशमा हामीले दशैं सम्झेर ,
प्रदेशमा हामीले भाइटिका सम्झेर,
कहीले इदमा हास्नु परेको छ
कहीले क्रिश्मसमा झुम्मिनु परेकोछ
कहीले सलनालमा गुम्सिनु परेकोछ
कहीले अल्लाहामा खुम्चिनु परेकोछ
कहीले चुसकमा भुलिनु परेकोछ
यद्धपी
भावनाको मैदानले .....
बडादशैको निम्तो पठाउदैछु
टिका थाप्न त आउनु है चेली !

न्युटन र आइस्टाइनको सिद्धान्तमा
चलेका फलामे भाटाहरुले
थर्पु र मानेडाडाको लिङ्गेपिङको
तिश्णालाई मेटाउन सक्दैन,
प्रबाशमा चलेका अतरयुक्त बतासले
झम्के फुलको बासना बिर्साउन सक्दैन
लिङ्गेपिङका जाग्रित मनहरु
प्रबाशका तालीले हसाउन सक्दैन ।
यद्धपी
बिचारको सम्भोगले ,
भावनाको सम्भोगले
लिङ्गेपिङ र चर्खेपिङको खम्बा गाडदैछु
दशमीको साइतमा
एक सर्क भुइ छोड्न त
आउनु है दिदी !

तिमी प्रदेशमा ,म प्रदेशमा ,
उनी प्रदेशमा ,उहा प्रदेशमा
हामी प्रदेशमा ,
पाश्चात्य सङ्गीतले ,दशैंको नगरा भुलाउन सकेन
गमलाको क्याकटासले ,बारीको सयपत्री फुलाउन सकेन
यद्धपी
भावनाको सम्भोगले
मनको बगैचामा
जमराको बिजाङ्कुरण गराउदैछु
एक त्यान्द्रो ग्रहण गर्न त
आउनु है बहिनी !

कसरी सम्झाउ यो पिजाको ससारलाई ,
बर्गर ,किम्फाब र खुगफाबको दुनियाँलाई
बिराउटेको धान ओखलमा हालेर
टाट्नाको खसी र खोरको कुखुरा, दशैं पूर्व ढालेर
स्वातन्त्र झुपडीमा खाएको ,
नया लुगा लाएको,
मौला र लिङ्गेमा मालसिरी गाएको
के फगत, अब सम्झना मात्र हो त ?
यद्धपी
भावनाको सम्भोगले ,
कल्पनाको सम्भोगले
खुल्ला मनको दुना र टपरीमा
चौराशी ब्यन्जन पस्कदै
निम्ताको सगुन पठाएँको छु
प्रदेशका हाम्रा दशैहरुमा
चाखन त आउनु है आफन्तहरु !

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................