15 October 2010

नदेखाउ साथी टिका र जमरा

नदेखाउ साथी टिका र जमरा
मन त्यसै बिग्रन्छ ।
५ बर्ष भयो मेरो नाम को जमरा
त्यसै नै उब्रन्छ ।
त्यसै ले भन्छु,
नराखे आमा यस पाली जमरा
मेरो है नाम को ।
कत्तिनी भर हुँदैन आमै
पर्देश को ठाम को ।
फोन बाटै लिउला बाबा को माया
हजुर को आसिश ।
अर्को है बर्ष फर्केर आउने
हुनेछ कोसिश ।
पर्देश मै हैन सोदेश मा फिर्ने
छ मेरो चाहना।
यस पाली दसैं खुशी ले बितोश
छ मेरो कामना ।

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................