12 November 2010

प्रबासको पिडा

भन्नुहुन्थ्यो बाबाले,"सन्चै छ नि यंहा हामिलाइ"
सोध्नुहुन्थ्यो आमाले,"कस्तो छ नि बाबु तिमिलाइ?"
धन कमाउंला भन्ने आशमा बिदेशतिर आइयो हजुर
के पो हुन्थ्यो झन प्रबासमा पाउनु दु:ख पाइयो हजुर।

सोध्थे सानो भाइ मलाइ "दाज्यु आउने कहिले भनेर?"
भन्थिन सानि बहिनीले "मखमलि फूल ओइले भनेर"
मन त थियो बस्नलाइ संधै आमाको न्यानो काखैमा
रहर थियो हांस्नलाइ आफ्नै देशको सुन्दर पाखैमा।
भन्दो होला हिमालले"लालिगुंराश छैन भनेर"

सोध्दोहोला तराइले"मयुर नाच्न किन आइन भनेर?"
खोज्दोहोला पहाडले 'कोइली कता गैइन् भनेर?'
हेर्दै होलिन नेपालले सन्तान फर्कि आइन भनेर!

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................