12 November 2010

भुल्न सकिन

एउटा चिठ्ठी लेखु भन्छु, लेख्न सकिन
सपनीमा पनि उनलाई, देख्न सकिन |

मनका ब्यथा पोख्न तिम्लाई , चिठ्ठी लेख्दा रुदै
अमर त्यो माया पाउन , बस्छु रुमाल धुदै
तिम्रा पाइला पछयाउदै, डुल्न सकिन
मुटु भित्र माया भिज्यो, भुल्न सकिन |

सपनीमा मात्र तिम्रो,छायाँ देखे नि
छोड्ने छैन तिमीलाई, गला रेटे नि
आकाशको जुन तारा, झार्न भएन
सारा माया सुम्पे मैले,आफ्नो भएन |

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................