12 November 2010

कबिता - "तिमीलाई सम्झी"


तिमीलाई सम्झी सम्झी कत्ती पनि रुन्न अब
तिमी हिंड्ने बाटो भरि कतै पनि हुन्न अब
मिठा मिठा कुरा गरी माया को नाटक गर्‍यो
भगवान कसम ! कसम खान तिम्रो शिर छुन्न अब

झुठो माया लाउनु थियो मेरो कसम खायोउ किन?
बिच्मा छाडी जानु थियो मेरो सामु आयोउ किन?
तिमी हिंड्ने बाटो भरि कतै पनि हुन्न अब
तिमी लाई सम्झी सम्झी कत्ती पनि रुन्न अब

तिमीले त बिर्सि सक्यौ मिठा ति पल हरु
मैले पनि बिर्सिने छु मेरा ति भुल हरु
तिमी हिंड्ने बाटो भरि कत्तै पनि हुन्न अब
तिमी लाई सम्झी सम्झी भगवान कसम रुन्न अब................

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................