16 November 2010

नेपाल फिर्नु अघिको कल्पना


जादैछु यहाबाट हेर्नलाई, नेपाल आमाको मुख
महंगी, हत्या र हिंसाले, सुन्दैछु छैन रे त्यहाँ सुख
नेता नेताको अहमताले, नाघीसकेको छ रे सिमा
पार्टी पार्टीको स्वार्थले, भत्किसकेको छ रे संरचना |
एयरपोर्टबाट बाहिर निस्के पछी, देख्न थाल्ने छु दुर्दशा
ट्याक्सी चालक र कुल्लीको तानातानले, हुनेछु म ब्याकुल
श्रीमती र छोराले सबै देख्लन, त्यो नरमाईलो भिड
आफ्नै गाडी छ भने पनि तान्नेछन् ब्याग, भन्दै हाम्रै गाडीमा हिड |
सडकभरी देखिनेछन जतासुकै, खाल्टा खुल्टी र जाम
धुलोमैलो र प्रदुषण चारैतिर , होला धुम्बिएझैँ घाम
तछाडमछाड गर्दै सडक पेटी, राखेका होलान सबै तिर पसल
बटुवा हिड्ने ठाउँ हुन्न यिनीहरुलाई भो, नगदे बाली झैँ फसल |
ठाउँ ठाउमा नारा जुलुस कतै कतै भोग्नु पर्ने होला बन्द
जहा तही असुरक्षा त्रासमै बस्नु पर्ने होला, सुघ्दै गोला बारुदको गन्ध
मजदुर किसान, गरीबहरु महंगीले पिल्सिएर, सुस्ताएको देख्नु पर्ला
रिसोर्टमा बार्ताको नाममा भोज भतेर खाएर नेता , आज हैन भोलीलाई सर्ला |
जस्तो सुकै दुख कस्ट भए पनि, जादैछु म आफ्नै जन्मभुमी
घर गोठ सबै प्वाल परीसकेछन, बिदेशको मोहमा घुमी घुमी
आमा बुबाको आशिष लिन्छु, नजानु परोस अब धरै पर
एक छाक खाई जीऊछु, सम्हाल्छु आफ्नै नेपाल आमाको घर ||
"केशव शाही "
अफगानस्तान

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................