20 November 2010

तिम्रो साथ पाइन सानु अब पक्कै मर्छु होला म

तिम्रो साथ पाइन सानु अब पक्कै मर्छु होला म
तिम्रो जीवन खुशी रहोस् अब ओझेल पर्छु होला म

हारे मैले जिन्दगिमा बाच्नु कुनै अर्थ छैन,
आर्यघाटको समिप्यमा छिट्टै बसाइ सर्छु होला

जादैछु म धेरै टाढा आउछु आउन्न थाहा छैन,
गन्तब्यमा पुगे भने पक्कै खबर गर्छु होला

मरे भने तिम्रो पनि मनले शान्ति पाउछ होला सानु,
केहीपलमै मर्त्यलोकको रिक्तस्थान भर्छु होला

तिम्रो साथ पाइन सानु अब पक्कै मर्छु होला
तिम्रो जीवन खुशी रहोस् अब ओझेल पर्छु होला

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................