15 December 2010

गजल - "मन जले पनि"

बैश हुँदा सानु भने, तिथिमिती गनीरहयौ
आजै डाडा काटु भने, अरको मङसिर भनिरहयौ ।

ज्वालामुखी फुटेपछि होश तिम्रो खुल्यो होला
बेहोशले ढल्नु अघि एकलै बाच्छु भनिरहयौ ।

ज्वारभाटा चलेपछी चेतनाले तान्यो होला
हात गोडा गल्नु अघि एकलै नाच्छु भनीरहयौ ।

सज्जन मान्छे कति आए घात प्रघात गरीरहयौ
अझै प्रमाण के दिउ मैले, सात समुद्र तरिगयौ ।

बेहोशले ढले पनि 'पानी पानी 'मागीरहयौ
टाढै बसी हेरे पनि आँखा अझै तरीरहयौ ।

मन जले पनि गजलको बहरमा [लय ]भुलीरहयौ
"बुद्धी" विवेक ,कौशलताले साकुरा झै फुली रहयौ ।

No comments:

Post a Comment

तपाईहरु का सुझाब सलाह छ ...................