30 September 2012

कालिकोटले पायो ४० बर्षपछि डाक्टर

 
           मनमा ईच्छा हुने हो भने अभाव र विकटताले नछेक्ने रहेछ । कालिकोटको मुगरा (कालिका) ३ का ललितजंग शाही त्यस्तै एक उदाहरण हुन् । लामो प्रतिक्षा र संघर्षपछि उनले आफ्नो लक्ष्य भेटाएका छन् अर्थात उनी कालिकोट जिल्लाको दोस्रो डाक्टर बनेका छन् ।
एमविविएसको पढाई सकेर उनले डाक्टरको पदवी पाएसँगै कर्णाली अञ्चलको दुर्गम जिल्ला कालीकोटले ४० बर्षपछि दोस्रो डाक्टर पाएको छ । नेपालबाट एमविएविएस डाक्टर बन्ने कालिकोटका उनी पहिलो बनेका छन् । यसअघि झण्डै ४० बर्षअघि धनबहादुर शाहीले छात्रबृद्धिमा कालिकोट जिल्लाबाट प्रतिनिधित्व गर्दै रसियाबाट पहिलो डाक्टरको उपाधि पाएका थिए । निम्न आर्थिक अवस्था भएको परिवारमा जन्मिएका ललितजंगले २०५७ सालमा सरकारी स्कूलबाट पनि पहिलो श्रेणीमा एसएलसी पास गरेका थिए ।
एसएससी पास गर्ने वित्तिकै काठमाडौंको अमृत साइन्स क्याम्पसमा भर्ना भएका शाहीले पढ्दा–पढ्दै डाक्टर बन्ने लक्ष्य लिए । तर निम्न आर्थिक अवस्था भएका कारण सोचेजस्तो डाक्टर बन्न सजिलो भने थिएन । डाक्टर बन्न तत्काल आर्थिक अवस्थाले बाटो छकेपछि उनले हेल्थ असिस्टेन्ट नै भएपनि बन्ने निधो गरे । अमृत साइन्स क्याम्पसबाट आइएसी पास गरेपछि उच्चशिक्षा परिषद्को छात्रवृद्धिमा काठमाडौंको एउटा निजी कलेजमा हेल्थ असिस्टेन्टमा भर्ना भएका उनले राम्रै अंकका साथ पास पनि गरे ।
त्यसपछि लगत्तै एउटा अन्तर्राष्ट्रिय गैससको परियोजना मार्फत जिल्ला जनस्वास्थ्य कार्यालय कालिकोटमा काम गर्ने अवसर पाए । गाउँका हिसावले एक किसिमको डाक्टर बनेपनि मनबाट कहिल्यै डाक्टर बन्ने ईच्छा भने हटेको थिएन । जिल्ला अस्पतालमा काम गर्दा हुने उपचारको कठिनाई, उपचार नपाएर ज्यान गुमाउनेहरुको अवस्थाले डाक्टर बन्ने ईच्छामा थप बल पु¥यायो शाही ओएनएससँग अनुभग सुनाउदै भने मनमा जुनकुनै हालतमा भएपनि डाक्टर बन्ने अठोट लिएँ । जागिरबाट केही पैसा जम्मा गर्ने र नेपालमै रहेका मेडिकल कलेजबाट एमविविएस पढ्ने योजना बनाइरहेका बेला उनको लक्ष्यमा साथी बनेर आए वेलायतका डाक्टर केटयारो । पहिला कालिकोटमै काम गरेर बेलायत फर्किएका केटयारोलाई उनले कामकै शीलसिलामा सहयोग भए डाक्टर पढ्न चाहेको प्रस्ताव राखे ।
उनको प्रस्ताव तत्कालै केटयारोले स्वीकार गरेपछि त उनको भाग्य नै चम्कियो । केटयारोको सहयोगमा बेलायतबाट पठाएको पैसाको उनले नेपालगञ्ज मेडिकल कलेजबाट गएको शुक्रबार मात्रै एमविविएसको पढाई पुरा गरेका छन् । नेपालमा काम गरेर फर्किएका डाक्टर केटयारोको पहलमा अहिले वेलायतमा रहेका केही मनकारीहरुको सहयोगमा ललितपुरको पाटन अस्पतालमा डाक्टर फर नेपाल परियोजना चलिरहेको छ ।
अहिले म त्यही परियोजनामा काम पनि गरिरहेको छु शाहीले बताए । उक्त परियोजनाको नेपाल प्रतिनिधीका रुपमा रहेका शाही अहिले आफै निम्न आय भएका आफूजस्तै दुर्गमका विद्यार्थीहरुलाई चिकित्सा विषय पढ्नको लागि सघाइरहेका छन् । एमबिबिएस सकेपछि डा. शाहीले भने अब गाउँ फर्कछु र डाक्टरको अभावमा ज्यान गुमाउने कालीकोटबासीको बाध्यात्मक अवस्थाको अन्त्य गर्न कटिबद्ध भएर लाग्ने छु ।

28 September 2011

दशैँ न आएकै बेस हजुर.....

म गरिबको झुपडीमा दशैँ, तिहार नआएकै बेस हजुर!

गरिबीको कलंक पुछ्न नसक्दा,मुटुमा लाग्छ ठेस हजुर !!

साहुको साँवा तिर्छु भन्दै ब्याज लाग्यो,ब्याज भन्दै स्याज,
दुखै दु:ख को भारी बोक्दा-बोक्दै खुइलियो तालुको केस हजुर!!

टाल्दै छु,लाउदै छु,फेरिएन कहिले एक सरो दौरा सुरवाल,
बर्सौ बित्यो,हेर्दै छु ऐनमा फेरिएछ आफ्नै रुप र भेस हजुर!!

सामन्तीको अनौठो सासन सहदै बाच्नु पर्ने कस्तो यो जुनी?
निमुखाको बोलि छ,अधिकार छैन यो कस्तो परिवेस हजुर !!

सहन्सिल्ताको बाध टुट्यो,अनेकौ सपना गुन्टा कसी पोको पार्दै,
बिरानो मुलुकमा पाइला टेके,छाडी प्राण भन्दा प्यारो देश हजुर!!

अभागी को कहाँ पो हुदो रैछ र पसिना को मूल्य र मान्यता?
आशै-आशमा,बित्यो बर्सौ तर हातमा लाग्यो सुन्यको शेष हजुर!!
त्यसैले,....................
म गरिबको झुपडीमा दशैँ, तिहार नआएकै बेस हजुर!
गरिबीको कलंक पुछ्न नसक्दा,मुटुमा लाग्छ ठेस हजुर !!
                                                                          
                                                                          "कल्पना राई"







.

17 April 2011

पस्केको छु एक गजल

पस्केको छु एक गजल, भागमा हजूरको,
कमि छ कि नूनमसला, सागमा हजूरको !

ठानेको छु एक स्वाद, मीठासमा गजलको
न होला कि रंग सेतो, कागमा हजूरको !

रोपेको छु एक फूल, सृजनाको फाँटमा
सुन्दर - मनोहर यो, बागमा हजूरको !

राखेको छु एक फिराद, समीप यहाँको
मुराद के लुकाउनु, मागमा हजूरको !

देखिन्छ फूल सुन्दर, कागजको पनि
लुकेको छ दोष कहीँ, दागमा हजूरको !

गरेको छ गल्ती कति, देखाउँ कसरी ?
छुपेको छ रोष कहीँ, रागमा हजूरको !

 केशव मिलन गिरी कालिकोट 

03 April 2011

मेरो माया र प्रकृति

रमणीय लाग्छ सारै नै कोरियाको प्रकृति मलाई

यहि ठाउले दियो चोट निको पनि पार्यो मलाइ

बसन्तमा प्रकृतिको नया पालुवा पलाउदा

मेरो मायाको मुना पलाए झैँ लाग्यो मलाई,

ढक-मक्क फुल्दा अनेकौ जातका फूलहरु

मेरो मायामा सुगन्ध छरे झैँ लागो मलाई,

शिसीरमा झरी जादा,सुकी यी प्यारा पातहरु

छाडी गयो मायाले,दी निको नहुने घाऊ मलाई,

हिउदको हिउले पुरिदा,बिचरा कंकाल रुखहरुलाइ

ढुंगाको मुर्ति बन्यो,माया मेरो दि उपहार आसु मलाई,

थप्न पाए एउटा ऋतु मायाको,दिन्थे उपहार उस्लाई

भनि कहिले खप्न नपरोस,चोट पिडा उस्ले दिए झैँ मलाइ.



.

17 February 2011

होसियार

शान्तिको दियो बाल्ने आस्वासनमा अशान्तिको राको बाल्नेहरु,

विश्व सामु आफ्नो देश चिनाउछु,भन्दै धक्कु लाउने हरु ,

मेरो चाहि सत्ता आए बिकाशको मूलफुटाउनेछु,भनि दात किट्टनेहरु,

देशका युवा कर्णाधारहरुलाई बेवास्ता गरि,बिदेशिन बाध्य पार्नेहरु,

ठुला-ठुला मन्चमा बसी नारीको सम्मान गर्ने,एकान्तमा पछ्यौरी तान्नेहरु,

गरिब र असहाये को छाक खोसी,आफ्ना ढुकुटी भर्नेहरू,जनत...

14 February 2011

भन्दा-भन्दै

ठाउँ ठेगाना नसोध भन्दा-भन्दै

पत्ता लायेउ दुनिया संग सोधेर,

नलाउ माया भन्दा भन्दैलायेउ माया बल गरेर,आखाहरु न्झुधाउ भन्दा भन्दैयी नानीहरु मा राखिदियौ
तिम्रै तस्बिर सजाएर,बसन्तमा फुलेको फुल सिसिरमा झर्छ भन्दा भन्दैआस्वासन दियौ मायामा सधै बसन्त हुन्छ भनेर,

म अहिले कोपिला नै हु भन्दा भन्दैभनेउ कोपिलामै रोजे तिम्लाई फुलेसी अरुले टिप्छ भनेर,अतित आसुले कोरि...

12 February 2011

कस्तो जवानी

तप्प तप्प जलबिन्दु चुहाएर के निस्कीयौ

स्नीग्ध कञ्चन कोमल आहा नुहाएर के निस्कीयौ

भाग्यमानि रैछ साबुन फिँजैफिज भई बरालियो

जुन साबुनलाई अङ्ग अङ्ग छुवाएर के निस्कीयौ

पानी पनि आगो हुन्छ कामदेवको आशिष पाउँदा

जुन पानीमा यस्तो रुप डुवाएर के निस्कीयौ

घामको कुरा नगरौं भो टाँसियो घाम त्यै लुगामा

जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कीयौ

त्यै गा...

10 February 2011

किन आज

किन-किन आज फुट्दैछ,शब्दका ज्वारभाटाहरु,

कसैको सम्झनाले मुस्काए ओठ,कसैको ले रसाए आखाहरू,

बन्दगरि यी नयनहरु,धेरै-धेरै गर्न मन लग्यो मायाहरू,

टिपी छर्न मनलाग्यो,आफ्नो वरपर आकाशको जुन र ताराहरु,

किन आज बढ्दै गयो,बिगतका सम्झनाका लहरहरु,

जति सम्झ्यो उति बढिरहेछ,यो मुटुको धड्कन हरु,

सम्हाल्नै गार्हो हुदैछ,आफैले आफै लाई म के गरु?

त्यसैले मायाका मिठा आभास कोरेर ...
  
                कल्पना राइ (कोरिया)


.

02 February 2011

काली एहि त हो बास्तबिकता

किम्ब दन्ती झुट्टा होईनन्
तिम्रा जन्ती झुट्टा होईनन्
बास्तबिकता नलुकाउ भो
चमेली बशन्ति झुट्टा होईनन्

जस्तो बेला नि साथ दिन्थे
मेरा आफन्ती झुट्टा होईनन्
आउठेन नआइजा भनेको भए
ब्यबहार सामान्ती झुट्टा होईनन्

दिलामा अझै त्यो दाग छ
रोपेको खन्ती झुट्टा होईनन

17 January 2011

के गरिन तिम्रो लागि

गला रेटी साश माग्यौ त्यो पनि त दिए
जिउदै मेरो लाश माग्यौ त्यो पनि दिए
आँखा भरी आसुँ झारी परेली भिजाएर
कलेजिमा बाश माग्यौ त्यो पनि त दिए
जिउदै मेरो लाश माग्यौ त्यो पनि दिए

भन के के भन्नुछ अरु बाँकी नराखी
धर्ती मै थे आकाश माग्यौ त्यो पनि त दिए
जिउदै मेरो लाश माग्यौ त्यो पनि दिए
आफ्नै ज्यान बाजी थापी के के गरिन तिम्रो लागि
नाफा लगि बिनाश माग्यौ त्यो पनि त दिए
जिउदै मेरो लाश माग्यौ त्यो पनि दिए

फूलपाती टिका लगी मन्दिरमा चढाइ
मेरा लागि बनबास माग्यौ त्यो पनि त दिए
जिउदै मेरो लाश माग्यौ त्यो पनि दिए
   
    मद राज शाही ''बिबश अकेला''

गजल उनीलाई

के छ त नि हाल चाल हजुरको
मन पर्यो सुहाउने बाल हजुरको
के गर्नु आफु धेरै राम्रो छैन क्यार
खुनै चुहिने रइछ ओठ लाल हजुरको
सुहाउदैन हजुर सँग हिडडुल गर्न पनि
चिरिचट्ट रइछ जिउडाल हजुरको
रुपको धनी नभएनी मनमा पाप छैन मेरो
गीत नपाई बन्दैन म ताल हजुरको
धेरै बाच्नु मेरो पनि आयु लागोस भन्छु
चाडो मेरो ढिलो आओस काल हजुरको

15 January 2011

गजल धोकेबाजलाई

तेर्साएर नजरका तिर्सुल पटक पटक
गिज्याउछन मलाई फुल पटक पटक
जो मान्छे पारखी छ बिस्वास घात गर्न
उही आइ गराउदैछ कबुल पटक पटक्
गिज्याउछन मलाई फुल पटक पटक
पपी मन लोभी नजर बसमा रहदैनन
गरिहाल्छन हेर्नुस न भुल पटक पटक्
गिज्याउछन मलाई फुल पटक पटक
कुनै बेला माया दिइ गुन लाउने हरु
आशु लिइ गर्दैछन असुल पटक पटक
गिज्याउछन मलाई फुल पटक पटक
तेर्साएर नजरका तिर्सुल पटक पटक
गिज्याउछन मलाई फुल पटक पटक
.

12 January 2011

काली कारण चाहियो मलाई

जोडी किन गयौ मनको माया आधा
छोडी किन गयौ मनको माया आधा
हिजो जो छ भन्थ्यौ मनको सिहांसनमा
तोडी किन गयौ मनको माया आधा
फुलाउनु नै थे न भने मनको पालुवालाई
गोडी किन गयौ मनको माया आधा
साच्चै त्यो मन यो मन सँग साट्नु थे न भने
मोडी किन गयौ मनको माया आधा
तिम्रो कोमल मनलाई दुखाउदिन भन्थ्यौ
फोडी किन गयौ मनको माया आधा
मद राज शाही ''बिबश अकेला''

गजल "जती गर्दापनी"

खडेरीमा रिमझिम रिमझिम पानी दिदापनि
यो बिबशको मनको देवी ठानीदिदापनि
विश्वासको त कुरै छाडौं शंका मात्रै गरयौ
त्यही नाममा सिंगो मुटु तानी दिदापनि
धोका दियौ मुटु भित्र खिल गड्ने गरी
यो जिन्दगी सारा तिम्रै ठानी दिदापनि
टुर्क्रइदियौ हृदयलाई छिया छिया पार्यौ
चोखो मेरो मनको माया छानी दिदापनि
सायद सम्झयौ तिम्रो लागि सम्पति नै ठुलो
नियाल्नलाई दुइ आँखाको नानी दिदापनि
दिल खोलेर ज्यानलाई माया गर्न नसकेर
यतै त छु अन्त बर्साई र्सन नसकेर
अभाव त्यो जिन्दगीको भएपनि काली
अझैसम्म बाँचिराछु मर्न नसकेर
आज हो कि भोली हो खै ठेगान छैन मेरो
सागर बिचमै अलपत्र छु तर्न नसकेर
सपनिमा बरालिदै कराउन पो थालैं
पागल भएँ तिम्रो सिउँदो भर्न नसकेर
तिम्रै यादमा पलपल सारा खिएँसकें आज
जिन्दगीमा मैले केही गर्न नसकेर

05 January 2011

गजल उनीलाई

के छ त नि हाल चाल हजुरको
मन पर्यो सुहाउने बाल हजुरको
के गर्नु आफु धेरै राम्रो छैन क्यार
खुनै चुहिने रइछ ओठ लाल हजुरको
सुहाउदैन हजुर सँग हिडडुल गर्न पनि
चिरिचट्ट रइछ जिउडाल हजुरको
रुपको धनी नभएनी मनमा पाप छैन मेरो
गीत नपाई बन्दैन म ताल हजुरको
धेरै बाच्नु मेरो पनि आयु लागोस भन्छु
चाडो मेरो ढिलो आओस काल हजुरको


.

बोतल साथी भयो

भुल्न चोट बोतल तिर, बढ्यो हात आज साथी ।

पिउँदा पिउँदै पत्तै नपाई, चढ्यो मात आज साथी ।।

मन भित्र रुन्थें कति, बहिर हल्ली हिंडे पनि ।

आफ्नै ठाने निर्मोहीलाई, गर्‍यो घात आज साथी ।।

आँफै भन्दा बढी भर, परेको थें उनी माथि ।

विश्वासको बाँकी एउटै, झर्यो पात आज साथी ।।

सम्झिएर खुशीका पल, उनी सँग बिताएका ।

आसुँ सँग निद्रा बिना, कट्यो रात आज साथी ।।

फुटेको छ कर्म मेरो, ठोकर जता गये पनि ।

बिधाताले यो भाग्यमा, हान्यो लात आज साथी ।।

पिउँदा पिउँदै पत्तै नपाई, चढ्यो मात आज साथी ।।

भुल्न चोट बोतल तिर, बढ्यो हात आज साथी ।।

मद राज शाही ''बिबश अकेला''

ब्यर्थै भयो ll ब्यर्थै भयो ll ब्यर्थै भयो

मनको गाठो तिमीलाई फुकाउनु ब्यर्थै भयो

दोबाटोमा भेट्दा नजर झुकाउनु ब्यर्थै भयो

सब्थोक त्यागे तिम्रो लागि अपनाए तिमीलाई

रित्याएर माया मुटु सुकाउनु ब्यर्थै भयो

मुटु भित्र बास दिए छुरा रोप्यौ तिमीले त

तिम्रो निम्ती मैले मुटु दुखाउनु ब्यर्थै भयो

पगल बनी डुबे सधै दिन रात तिमी तिरै

मायाको मोल तिमीतिरै चुकाउनु ब्यर्थै भयो

सबै दोश थुपारेर गयौ आज टाढा तिमी

मुटु भित्र थुनि तिमीलाई लुकाउनु ब्यर्थै भयो

.

24 December 2010

"नयाँ वर्ष"


स्वागत छ,नयाँ वर्ष आऊ तिमि

बिस्वामा उमंगको बास बासाउ तिमि

फेरी पनि लाखौ बुद्ध जन्माउ तिमि

विश्वको कुना-कुनामा शान्ति छरीदेउ तिमि

अनि शान्तिको अमर दिप बालिदेउ तिमि

स्वागत छ,नयाँ वर्ष आऊ तिमि

तिम्रो आगमनमा खुसि छन् सारा संसार

तिमि आए आशा छ,फेरिने विश्वको मुहार

सहन गाह्रो भयो द्वन्द र अशान्तिको मार

तिमीले नै सक्छौ लाउन,भुमरीको डुंगालाई पार

स्वागत छ,नयाँ वर्ष आऊ तिमि

बाबु,आमाको काख रितिन बात जोगाउ तिमि

धेरै सिउदो पुछिए,अब चाहि नपुछिदेउ तिमि

अबोध बालबालिकालाइ टुहुरो हुन् नदेउ तिमि

प्रत्येक घर-परिवारलाई मायाको डोरीले बाधीदेउ तिमि

स्वागत छ,नयाँ वर्ष आऊ तिमि

जाँहा खडेरी छ,त्यहा हरियाली ल्याईदेउ तिमि

जाँहा अनिकाल छ,त्यहाँ सहकाल पारिदेउ तिमि

जाँहा भेदभाव छ,त्यहाँ समानता निम्त्याई देउ तिमि

यस्ता सबै दैविक प्रकोप रोकिदेउ तिमि

स्वागत छ,नयाँ वर्ष आऊ तिमि

हरेक व्यक्तिको असल इच्छा-आकंछा पुर्याईदेउ तिमि

मेहनती हातहरुमा सफलताको फुल फुलाई देउ तिमि

जाति र धर्म होइन सबैमा मानवता जगाई देउ तिमि

यो संसारलाई एउटा सुन्दर बगैचा बनाइदेउ तिमि

स्वागत छ तिमीलाई,हे!! नयाँ वर्ष आऊ तिमि....

कल्पना राइ (कोरिया)

19 December 2010

साथ मिठो लाग्यो


देखावटी भएपनी त्तिम्रो साथ मिठो लाग्यो
बनावटी भएपनी तिम्रो बात मिठो लाग्यो
संसार सारा स्वार्थी रैछ भन्ने थाहा पाए
त्यसैले त तिमीले दे को घात मिठो लाग्यो
संसार सार मेरै भन्थ्यौ कल्पनामा डुबी
त्यती बेला चिठिका ति खात मिठो लाग्यो
खेलौना सम्झेउ मलाई घाइते पुरुष न हुँ
त्यसैले त काली तिम्रो जात मिठो लाग्यो
कोही छैनन मेरा भन्ने तिमी टाढा भएपछी
त्यसैले त औशिको यो रात मिठो लाग्यो
चाहे जाने पाए आउने स्वार्थी तिमी भएपछी
धोकेबाज काली तिम्रो साथ मिठो लाग्यो

मद राज शाही ''बिबश अकेला''

15 December 2010

गजल - "मन जले पनि"

बैश हुँदा सानु भने, तिथिमिती गनीरहयौ
आजै डाडा काटु भने, अरको मङसिर भनिरहयौ ।

ज्वालामुखी फुटेपछि होश तिम्रो खुल्यो होला
बेहोशले ढल्नु अघि एकलै बाच्छु भनिरहयौ ।

ज्वारभाटा चलेपछी चेतनाले तान्यो होला
हात गोडा गल्नु अघि एकलै नाच्छु भनीरहयौ ।

सज्जन मान्छे कति आए घात प्रघात गरीरहयौ
अझै प्रमाण के दिउ मैले, सात समुद्र तरिगयौ ।

बेहोशले ढले पनि 'पानी पानी 'मागीरहयौ
टाढै बसी हेरे पनि आँखा अझै तरीरहयौ ।

मन जले पनि गजलको बहरमा [लय ]भुलीरहयौ
"बुद्धी" विवेक ,कौशलताले साकुरा झै फुली रहयौ ।

01 December 2010

गजल

(पराईको मुलुकतिर ,पाईला न-चाली हजुर)-२
जीविका नै चलेन ,स्वाभिमान न-फाली हजुर!!

(कति आए, कति गए, दशैं अनि तिहारहरू )-२
न त दिदी न आफन्त,आफ्नो निधार खाली हजुर!
जीविका नै चलेन ,स्वाभिमान न-फाली हजुर!!

(धम्कीले आमाबालाई, झनै सारो पार्दै छ रे)-२
'डाँको छोडी रुन्छे दिदी', भन्दै थीई साली हजुर!
जीविका नै चलेन ,स्वाभिमान न-फाली हजुर!!

(गोरो छाला हुने गोरी, पशू भन्ठान्दा रैछन)-2
के गर्दै होलान हामीलाई,मान्छे ठान्ने काली हजुर!
जीविका नै चलेन ,स्वाभिमान न-फाली हजुर !!

('एता आ,त्यता जा,यो उचाल ,त्यो फाल ')-२
२० को ठाउँमा १९ हुँदा ,मुटु छेड्ने गाली हजुर!
जीविका नै चलेन ,स्वाभिमान न-फाली हजुर!!

(बनमारा र तितेपाती ,सप्रे होलान गैरी खेतमा)-२
आफू भने पराई कै ,बगैंचामा माली हजुर !!
जीविका नै चलेन , स्वाभिमान न-फाली हजुर!!

(पाखुरीमा पाईन छउन्जेल,पेलाउँछन् फलामहरु)-२
जसै ढल्छ उमेर अनि ,छोराको पाली हजुर !
जीविका नै चलेन , स्वाभिमान न-फाली हजुर!!

(आफ्नै गाउँठाउँमा जुनी,काट्ने रहर कस्लाई हुन्न)-२
सुखै छैन जिन्दगीलाई ,खाडीमा न-हाली हजुर !
जीविका नै चलेन , स्वाभिमान न-फाली हजुर!!

('गर्छु, गर्छु' भन्दा भन्दै,नगर्दैमा मरे "ती" त)-२
बन्दैन मुलुक अब ,मुर्दालाई न-बाली हजुर !
जीविका नै चलेन ,स्वाभिमान न-फाली हजुर!!
पराईको मुलुकतिर , पाईला न-चाली हजुर!!

दिपेन्द्र भट्टराई
सुवन,साउथ कोरिया

20 November 2010

तिम्रो साथ पाइन सानु अब पक्कै मर्छु होला म

तिम्रो साथ पाइन सानु अब पक्कै मर्छु होला म
तिम्रो जीवन खुशी रहोस् अब ओझेल पर्छु होला म

हारे मैले जिन्दगिमा बाच्नु कुनै अर्थ छैन,
आर्यघाटको समिप्यमा छिट्टै बसाइ सर्छु होला

जादैछु म धेरै टाढा आउछु आउन्न थाहा छैन,
गन्तब्यमा पुगे भने पक्कै खबर गर्छु होला

मरे भने तिम्रो पनि मनले शान्ति पाउछ होला सानु,
केहीपलमै मर्त्यलोकको रिक्तस्थान भर्छु होला

तिम्रो साथ पाइन सानु अब पक्कै मर्छु होला
तिम्रो जीवन खुशी रहोस् अब ओझेल पर्छु होला

16 November 2010

नेपाल फिर्नु अघिको कल्पना


जादैछु यहाबाट हेर्नलाई, नेपाल आमाको मुख
महंगी, हत्या र हिंसाले, सुन्दैछु छैन रे त्यहाँ सुख
नेता नेताको अहमताले, नाघीसकेको छ रे सिमा
पार्टी पार्टीको स्वार्थले, भत्किसकेको छ रे संरचना |
एयरपोर्टबाट बाहिर निस्के पछी, देख्न थाल्ने छु दुर्दशा
ट्याक्सी चालक र कुल्लीको तानातानले, हुनेछु म ब्याकुल
श्रीमती र छोराले सबै देख्लन, त्यो नरमाईलो भिड
आफ्नै गाडी छ भने पनि तान्नेछन् ब्याग, भन्दै हाम्रै गाडीमा हिड |
सडकभरी देखिनेछन जतासुकै, खाल्टा खुल्टी र जाम
धुलोमैलो र प्रदुषण चारैतिर , होला धुम्बिएझैँ घाम
तछाडमछाड गर्दै सडक पेटी, राखेका होलान सबै तिर पसल
बटुवा हिड्ने ठाउँ हुन्न यिनीहरुलाई भो, नगदे बाली झैँ फसल |
ठाउँ ठाउमा नारा जुलुस कतै कतै भोग्नु पर्ने होला बन्द
जहा तही असुरक्षा त्रासमै बस्नु पर्ने होला, सुघ्दै गोला बारुदको गन्ध
मजदुर किसान, गरीबहरु महंगीले पिल्सिएर, सुस्ताएको देख्नु पर्ला
रिसोर्टमा बार्ताको नाममा भोज भतेर खाएर नेता , आज हैन भोलीलाई सर्ला |
जस्तो सुकै दुख कस्ट भए पनि, जादैछु म आफ्नै जन्मभुमी
घर गोठ सबै प्वाल परीसकेछन, बिदेशको मोहमा घुमी घुमी
आमा बुबाको आशिष लिन्छु, नजानु परोस अब धरै पर
एक छाक खाई जीऊछु, सम्हाल्छु आफ्नै नेपाल आमाको घर ||
"केशव शाही "
अफगानस्तान

12 November 2010

कबिता - "तिमीलाई सम्झी"


तिमीलाई सम्झी सम्झी कत्ती पनि रुन्न अब
तिमी हिंड्ने बाटो भरि कतै पनि हुन्न अब
मिठा मिठा कुरा गरी माया को नाटक गर्‍यो
भगवान कसम ! कसम खान तिम्रो शिर छुन्न अब

झुठो माया लाउनु थियो मेरो कसम खायोउ किन?
बिच्मा छाडी जानु थियो मेरो सामु आयोउ किन?
तिमी हिंड्ने बाटो भरि कतै पनि हुन्न अब
तिमी लाई सम्झी सम्झी कत्ती पनि रुन्न अब

तिमीले त बिर्सि सक्यौ मिठा ति पल हरु
मैले पनि बिर्सिने छु मेरा ति भुल हरु
तिमी हिंड्ने बाटो भरि कत्तै पनि हुन्न अब
तिमी लाई सम्झी सम्झी भगवान कसम रुन्न अब................

भुल्न सकिन

एउटा चिठ्ठी लेखु भन्छु, लेख्न सकिन
सपनीमा पनि उनलाई, देख्न सकिन |

मनका ब्यथा पोख्न तिम्लाई , चिठ्ठी लेख्दा रुदै
अमर त्यो माया पाउन , बस्छु रुमाल धुदै
तिम्रा पाइला पछयाउदै, डुल्न सकिन
मुटु भित्र माया भिज्यो, भुल्न सकिन |

सपनीमा मात्र तिम्रो,छायाँ देखे नि
छोड्ने छैन तिमीलाई, गला रेटे नि
आकाशको जुन तारा, झार्न भएन
सारा माया सुम्पे मैले,आफ्नो भएन |

प्रबासको पिडा

भन्नुहुन्थ्यो बाबाले,"सन्चै छ नि यंहा हामिलाइ"
सोध्नुहुन्थ्यो आमाले,"कस्तो छ नि बाबु तिमिलाइ?"
धन कमाउंला भन्ने आशमा बिदेशतिर आइयो हजुर
के पो हुन्थ्यो झन प्रबासमा पाउनु दु:ख पाइयो हजुर।

सोध्थे सानो भाइ मलाइ "दाज्यु आउने कहिले भनेर?"
भन्थिन सानि बहिनीले "मखमलि फूल ओइले भनेर"
मन त थियो बस्नलाइ संधै आमाको न्यानो काखैमा
रहर थियो हांस्नलाइ आफ्नै देशको सुन्दर पाखैमा।
भन्दो होला हिमालले"लालिगुंराश छैन भनेर"

सोध्दोहोला तराइले"मयुर नाच्न किन आइन भनेर?"
खोज्दोहोला पहाडले 'कोइली कता गैइन् भनेर?'
हेर्दै होलिन नेपालले सन्तान फर्कि आइन भनेर!